२०८२ मंसिर ५, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीले अर्जुनचौपारीमा गर्यो संगठन विस्तार, कमलकान्त अर्याल सभापतिमा चयन

भदौ १/स्याङ्जा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि भएको भनिएको प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान अन्तर्गत अर्जुनचौपारी गाउँपालिकामा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गर्दै अर्जुनचौपारी गाउँपालिकामा संगठन समेत[...]

“सिद्धार्थ राजमार्ग र आँधीखोला संरक्षणमा जिम्मेवार बन”

सम्पादकीय: २०८० सालभर स्याङ्जाका कुनैपनि जनप्रतिनिधि, सांसद् र मन्त्रीहरु सिद्धार्थ राजमार्गको विस्तार तथा पुनर्निर्माण गर्न संवेदनशील देखिएनन्। स्याङ्जा जिल्लालाई राजनीति गर्ने भर्याङ बनाएर माथि पुगेकाहरुको प्राथमिकतामा सिद्धार्थ राजमार्ग कहिल्यै परेन। गण्डकी प्रदेशको राजधानी पोखरादेखि लुम्बिनी प्रदेशको पूर्वमुकाम बुटबल, औद्योगिक नगरी भैरहवा तथा भारतको सुनौलीसम्म पुग्ने, पहाड र तराई मात्र जोड्ने नभई नेपाल र भारतलाई नै जोड्ने देशकै पूरानो मध्ये एक सिद्धार्थ राजमार्ग यही जिल्लाबाट स्थायी सरकारको मुख्य सचिव बनेका व्यक्तिदेखि[...]

विरुवा गाउँपालिकाको प्रशासकीय भवनको अर्थमन्त्री विष्णु पौडेलद्वारा उद्घाटन

स्याङ्जा/फागुन २: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको संघीय अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले उद्घाटन गरेका छन्। विरुवा गाउँपालिकामा आज आयोजित कार्यक्रममा उपस्थित उनले प्रशासकीय भवनको उद्घाटन[...]

स्याङ्जा सहयोग समाज युरोपको दोश्रो युरोप भेला २०२५ भव्य रूपमा सम्पन्न

संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

फागुन २६/काठमाडौं: संखुवासभा जिल्लामा आज भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको जानकारी संखुवासभा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दिएका छन्। बा ४ ख ७३५ नम्बरको बस बिहानै सातघुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटनासँगै ३५० मिटर तल खसेको जनाइएको छ। मृतकमा त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको तथा घाइते पाँच जनालाई अस्पताल लगिएको र अहिले पनि उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको[...]

बालाजु डोजोमा नियमित ट्रेनिङ

१ असार, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्दै केही खुकुलो बनाउने निर्णय गर्‍यो । कम संक्रमित भएका क्षेत्रमा कार्यलय, निजी सवारीसाधन, पसलहरु खुल्ला गरिएका छन् । तर, खेलकुद क्षेत्रमा भने ‘लकडाउन’ जारी नै छ । खेलकुदको लकडाउन खुकुलो कहिले हुन्छ कसैलाई थाहा छैन । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद जस्ता जिम्मेवार निकायले अझै सुरक्षित रुपमा ट्रेनिङ सुरु गर्नको लागि कुनै मापदण्ड तय गर्न सकेका छैनन् ।[...]

खेत जोत्ने हाते ट्रयाक्टरले एक जनाको ज्यान लियो

काठमाडौं/कार्तिक १५: खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय कृष्णराम सुवालको मृत्यु हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा त्यसको फालीले घाँटीलगायत शरीरमा चोट लागेका उनको उपचारको क्रममा निधन भएको हो।

हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीकाे लुम्लेमा सुरू

असार १८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ आजबाट सुरु गरेको छ। कास्कीको लुम्लेमा कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य खगराज अधिकारी, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, राष्ट्रिय गाउँपालिका महासंघका महासचिव तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेकाे थियाे । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रदेश सभा सदस्य खगराज अधिकारीले सामुदायिक शिक्षामा विद्यार्थीहरुको समग्र[...]

सिद्धार्थ राजमार्ग आजबाट ३ घण्टा अवरूद्ध हुने

असोज २६/खबरकलम संवाददाता: तराई र पोखरा जोड्ने मुख्य राजमार्गको रुपमा रहेको सिदार्थ राजमार्ग आजबाट दैनिक ३ घण्टा अवरूद्ध हुने भएको छ। वर्षातको कारण ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाउनका लागि दैनिक ६ बजेदेखि ९ बजेसम्म बिहान सबैखाले सवारीसाधनलाई निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। राजमार्गको स्याङ्जा/कास्की सडकखण्डमा भने अवरुद्ध हुने छैन।‌

जाजरकोट जाँदै गरेको बस दुर्घटनाग्रस्त, ५ को मृत्यु ३२ घाइते

मंसिर १२/खबरकलम संवाददाता: नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको र मृतकको सनाखत समेत नभएको प्रहरीको भनाइ छ।

ब्रेकिङ न्युज: बैतडीमा बस दुर्घटना, ९ को मृत्यु

कार्तिक २८/धनगढी: बैतडी जिल्लामा बस दुर्घटनाग्रस्त भएको छ। बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३४ घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकबाट करिब ६०० मिटर तल खसेको थियो।